कैलालीबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ

कैलालीबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ

धनगढी ।  कैलालीबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर–३, ७, १२ र भजनी नगरपालिका–३ बाट अबैध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ६९ हजार ८ सय मूल्य बराबरका चिनी, लेडिज सुट, धोती, अचार, सेतो प्लाष्टिक, मोटरसाईकल २ थानसहित धनगढी–१० का २२ वर्षीय सन्तोष ठाकुरलाई पक्राउ गरिएको छ। प्रहरी गस्तीटोलीले ठाकुरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ।