सुन तस्करी प्रकरणः एसपीको नेतृत्वमा सीआईबीलेअनुसन्धान थाल्यो

सुन तस्करी प्रकरणः एसपीको नेतृत्वमा सीआईबीलेअनुसन्धान थाल्यो

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रहरी उपरीक्षक ९एसपी० सञ्जयसिंह थापाको नेतृत्वमा एक सय किलो सुन तस्करी प्रकरणको आज सोमवारदेखि अनुसन्धान थालेको छ ।

हिजो आइतवार राजस्व अनुसन्धान विभागबाट प्राप्त मिसिलसहितका तथ्य र प्रमाण बुझेको सीआईबीले आज एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर औपचारिकरूपमा अनुसन्धान थालेको हो । आरोपी १७ जनालाई पनि आइतवार नै सीआईबीको हिरासतमा सारिएको थियो । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले एसपी थापालाई अनुसन्धान अधिकृत तोकेर आवश्यक प्रक्रियाअघि बढाएको जानकारी दिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै अनुसन्धानको काम प्रहरीलाई दिन निर्देशन दिनुभएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने भएकोले सङ्गठित अपराध, अन्तर्देशीय अपराध र आतङ्कवादसँग पनि जोडेर अनुसन्धान गर्न प्रहरीलाई दिने प्रधानमन्त्री प्रचण्डले बताए।

विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ुब्रेक शुु मा हालेर ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो । त्यो सुन अहिले परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ । अहिलेसम्म यस प्रकरणमा संलग्न रहेको आरोपमा १८ जना पक्राउ परेकामा बिरामीका कारण एक जनालाई हाजिरी जमानीमा छाडिए पनि १७ जना हिरासतमा छन् ।