यस्ता छन् ह्वाट्सएपका उपयोगी ५ फिचर

यस्ता छन् ह्वाट्सएपका उपयोगी ५ फिचर

काठमाडौं । सोसल मिडिया तथा स्मार्टफोनको अहिलेको युगमा हवाट्सएप करोडौं मानिसहरुले प्रयोग गर्ने लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको छ ।

इन्स्टेन्ट मेसेजिंग प्लाटफर्मको रुपमा रहेको ह्वाट्सएपले प्रयोगकर्ताको सुविधा तथा अनुभवलाई उत्कृष्ट बनाउनका लागि लगातार नयाँ–नयाँ फिचरहरु जारी गर्ने गरेको छ ।

यद्यपि धेरै प्रयोगकर्तालाई ह्वाट्सएपका विभिन्न उपयोगी फिचरहरुको बारेमा थाहा हुँदैन । प्रयोगकर्ताका लागि निकै उपयोगी ५ वटा ह्वाट्सएप फिचर यस्ता छन्–

१. अनलाइन स्टाटस लुकाउने : ह्वाट्सएपले प्रयोगकर्तालाई आफू अनलाइन भएको स्थिति अर्थात् अनलाइन स्टाटस लुकाउने सुविधा पनि दिएको हुन्छ । यो फिचर निकै उपयोगी हुन्छ । जसबाट हामीले आफू अनलाइनमा भएको कुरा अरुलाई थाहै नदिइकन ह्वाट्सएप चलाउन सक्छौँ । अनलाइन स्टाटस हाइड गरिसकेपछि प्रयोगकर्ताको अनलाइन स्टाटस देखिँदैन । अनलाइन स्टाटस लुकाउनका लागि सुरुमा ह्वाट्सपको सेटिंग्समा जानु पर्दछ । त्यसपछि प्राइभेसी अप्सनबाट बिकत कभभल तथा यलष्लिभ वाला अप्सन आफ्नो हिसाबमा कस्टमाइज गर्न सक्नुहुन्छ ।

२. ग्रुप मेसेजलाई साइलेन्ट मोडमा राख्ने : यदि तपाईं विभिन्न ह्वाट्सएप ग्रुपमा जोडिनु भएको छ तर त्यस्ता ग्रुपमा दिनभर आउने ह्वाट्सएपको टिकटक आवाजबाट बच्न चाहनुहुन्छ भने तपाईंका लागि ग्रुपलाई साइलेन्ट मोडमा राख्नु सर्वोत्तम उपाय हो । यसका लागि तपाईंले सम्बन्धित ग्रुपमा ट्याप गरेर ८ घण्टा, एक हप्ता वा सधैंका लागि म्युट गर्न सक्नुहुन्छ । यसो गरेपछि तपाईंले पटक–पटक ह्वाट्सएप च्याटलाई खोल्नु पर्दैन र मेसेज आउँदापिच्छे टिकटक आवाज सुनिरहनु पर्दैन । तपाईंले आफूलाई फुर्सद भएको बेला एकैपटक ग्रुपमा ट्याप गरेर मेसेज हेर्न सक्नुहुन्छ ।

३. फोटो तथा भिडियो डाउनलोड अप्सनलाई कस्टमाइज गर्ने : तपाईंले आफ्नो फोनको ह्वाट्सएपमा मिडिया (फोटो, भिडियो तथा अडियो आदि) डाउनलोड गर्नका लागि विभिन्न विकल्पहरु छानेर तय गर्न सक्नुहुन्छ । जस्तै तपाईंले केबल वाइफाइमा मात्र यस्ता फाइलहरु डाउनलोड हुनेगरी सेट गर्न सक्नुहुन्छ । साथै तपाईंले ह्वाट्सएपका फोटो तथा भिडियोहरु आफैं डाउनलोड भएर फोनमा सुरक्षित हुने वा आफूले नै थिचेर डाउनलोड गर्नुपर्ने गरी सेटिंग मिलाउन सक्नुहुन्छ । यसो गर्दा तपाईंलाई ह्वाट्सएपमा आउने अनावश्यक मिडिया फाइलहरु फोनमा आफैं डाउनलोड भएर फोनको स्टोरेज भर्ने समस्या हुँदैन ।

४. स्टाटस प्राइभेसी सेट गर्ने : तपाईंले आफ्नो ह्वाट्सएप स्टाटसलाई केबल आफ्नो सम्पर्कमा रहेका व्यक्तिले मात्र देख्न सक्ने गरी पनि शेयर गर्न सक्नुहुन्छ । यसलाई तपाईंले mथ अयलतबअतक बाटै शेयर गरेर प्राइभेट राख्न सक्नुहुन्छ । यसो गरेपछि तपाईंको फोनमा नम्बर सेभ नभएका मानिसहरुले तपाईंको ह्वाट्सएप स्टाटस देख्न सक्दैनन् ।

५. टु स्टेप भेरिफिकेसन : तपाईंले यसबाट आफ्नो ह्वाट्सएप अकाउन्टको सुरक्षा तथा प्रमाणीकरणलाई अझै बलियो बनाउन सक्नुहुन्छ जसबाट तपाईंको अकाउन्टको सुरक्षा मजबुत हुन्छ । टु स्टेप भेरिफिकेसनलाई चालू गरेसँगै तपाईंले ह्वाट्सएपको नयाँ अकाउन्ट सेट गर्दा एउटा पिन कोड हाल्नु पर्दछ । टु स्टेप भेरिफिकेसनको मद्दतले तपाईंका मेसेज तथा डाटाहरु सुरक्षित राख्न सहयोग गर्दछ र ह्याकिंगको डर कम हुन्छ ।