फलफूल खाएपछि पानी पिउने गल्ती नगर्नुहोस्

फलफूल खाएपछि पानी पिउने गल्ती नगर्नुहोस्

एजेन्सी । फलफूल खाएपछि तुरुन्तै पानी पिउँदा शरीरमा कैयौं प्रकारका समस्याहरु हुन सक्छन् ।

यसको कारण फलमा पानीको मात्रा धेरै हुन्छ । यदी तपाईं फल खाएपछि पानी पिउनुहुन्छ भने यसलाई रोक्नुहोस् । यसको पछाडिको कारण जान्नुहोस् ।


– यसरी फल खाएपछि तुरुन्तै पानी पिउनु हुँदैन । किनकी फलमा अत्यधिक चिनी तथा खमिरको हुन्छ र फलफूल खाएपछि तुरुन्तै पानी पिउँदा तपाईंको पेट दुख्न शुरु हुन्छ । यसले पेटमा ग्यास बन्ने संकेत पनि गर्छ ।

– विशेष रुपमा तरबुजा, खरबुजा, सुन्तला, स्ट्रबेरी जस्ता उच्च पानी भएका फलहरु खाएको तुरुन्तै पछि पानी पिउँदा पाचन तन्त्रको पीएच स्तर पनि खराब हुन सक्छ ।

– फल खाएपछि पानी पिउनबाट बच्नुपर्छ किनकी यो मिश्रणले पेटको नियमित प्रक्रिया तथा पाचन प्रक्रियालाई प्रभावित गर्न सक्छ । जसले गर्दा एसिडिटी हुने अत्यधिक सम्भावना हुन्छ ।

– फल खाएपछि पानी पिउँदा पाचन प्रक्रिया सुस्त हुन्छ । जसले गर्दा शरीरमा चिनीको मात्रा बढ्न थाल्छ । यसबाहेक मोटोपनको कारण पनि बन्न सक्छ ।

– फलफूलमा चिनी तथा यिस्टको मात्रा एकदमै धेरै हुन्छ । यसलाई पचाउन पनि एकदमै जरुरी हुन्छ । यदी तपाईंले तुरुन्तै पानी पिउनुभयो भने यो पाचनको प्रक्रिया सुस्त हुन्छ जसले गर्दा स्वास्थ्य समस्या आउन सक्छ ।

– फलफूलमा अत्यधिक मात्रामा हाइड्रेटिङ शक्ति हुन्छ । तर यदी तपाईंलाई फलफूल खानेबित्तिकै पानी पिउन मन लाग्यो भने पनि कम्तीमा आधा घण्टापछि मात्र पानी पिउनुहोस् ।