नेपालविरुद्ध खेल्ने पाकिस्तानी टोलीको घोषणा

नेपालविरुद्ध खेल्ने पाकिस्तानी टोलीको घोषणा

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले एसिया कपमा नेपालविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ । पिसिबीले बुधबार बाबर आजमको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कपअघि हुने अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला खेल्न साउद साकिलसहित १८ खेलाडीलाई टोलीमा बोलाएको छ । पाकिस्तानले एसिया कपमा पहिलो खेल नेपालविरुद्ध नै खेल्नेछ । समूह ‘ए’मा रहेको पाकिस्तानले ३० अगस्टमा नेपालसँग भिड्नेछ । यो खेल पाकिस्तानको मुल्तानमा हुने तालिका छ । त्यसपछि पाकिस्तानले २ सेप्टेम्बरमा भारतविरुद्ध श्रीलंकामा खेल्नेछ । 

उपकप्तान सदाव खान, अब्दुल्लाह सफिकी, फकर जमान, इमाम उल हक, सलमान अली आघा, इफ्तिखर अहमेद, तयाब ताहिर, मोहम्मद रिजवान, मोहम्मद ह्यारिस, मोहम्मद नवाज, उस्माना मिर, फहिम अस्रफ, ह्यारिस रौफ, मोहम्मद वसिम जुनियर, नसिम साह र साहिन साह अफ्रिदी छन् । साउद साकिल भने अफगानिस्तानविरुद्धको शृंखलाका लागि छनोट भएका हुन् । 

पाकिस्तानले अफगानिस्तानविरुद्ध तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । २२ देखि २६ अगस्टसम्म यो खेल हुनेछ । उपकप्तान सान मसुद टोलीबाहिर रहँदा फहिम असरफ दुई वर्षपछि फर्किएका छन् । 

भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको नौ खेलको तालिका परिवर्तन भएको छ । आयोजक आइसिसीले बुधबार खेल मिति र समय परिवर्तन गरेको जनाएको छ । प्रतियोगिता सुरु हुन दुई महिना बाँकी रहँदा भारत र पाकिस्तानसँगै अन्य आठ खेलको तालिका परिवर्तन भएको हो । पाकिस्तान, बंगलादेश र इंग्ल्यान्डका खेल धेरै परिवर्तन गरिएको छ ।