इक्वेडरका राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या

इक्वेडरका राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या

काठमाडौँ । इक्वेडरको आगामी राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवारको चुनावी र्‍यालीमा गोली हानी हत्या गरिएको छ ।

हाल राष्ट्रियसभाका सदस्य रहेका फर्नान्डो भिल्लाभिसेन्सियोलाई बुधबार उत्तरी शहर क्विटोमा कार्यक्रमबाट बाहिर निस्कँदा आक्रमण भएको थियो ।

उनको अभियान टोलीका एक सदस्यले विलाभिसेन्सियो कारमा चढ्दै गरेका बेला एक व्यक्तिले टाउकोमा गोली हानेको बताएका छन् । 

राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई सजाय दिइने बताएका छन् । ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीनपटक गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आक्रमणकारीलाई पनि सुरक्षाकर्मीले तत्कालै गोली हानेर मारेका बीबीसीले जनाएको छ ।