बैतडीकी अधिकारकर्मी सरस्वतीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड

बैतडीकी अधिकारकर्मी सरस्वतीलाई अमेरिकाकाको ‘जिएआरसी’ अवार्ड

बैतडी ।  सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आउनुभएकी बैतडीकी सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी–रेसिज्म च्याम्पियन्स अवार्ड’ (जिएआरसी) प्राप्त गरेकी छन् ।
बीस वर्षदेखि नेपालमा सिमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गर्दै आउनुभएकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा नेपालीले सो अवार्ड प्राप्त गर्नुभएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन् । अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धको मुद्दाहरू जित्नुभएको थियो । सम्मान र समानताको खोजीमा उहाँको योगदान साहस र समर्पणको उदाहरण हो । बैतडीको दशरथचन्द नगरपालिका–०४ गढीमा जन्मीएकी सरस्वती नेपाली करिव २५ दशक यता मानव अधिकारबादी अभियन्ताका रुपमा कृयाशील छन् ।

उनले १५बर्षको उमेरदेखी सामाजिक अभियानहरुमा काम गर्दै आएकी छन् । उनले हालसम्म मानअधिकार उल्लघनका दर्जनौ मुद्धाहरुमा वकालत गरेकी छन् । दलित, महिला, बालबालिका, पिछडावर्गका मुद्धाहरुमा वकालत गर्दै उनिहरुको न्यायका लागि अभियान चलाउदैँ आएकी छन् । उनले जिल्ला स्थीत संघ संस्था सञ्चालन गरि केहि व्यक्तिलाई रोजगारीको अवसरसंग जोड्नुका साथै असहाय र टुहुरा बालबालिकाहरुलाई साहारा दिने निकाय सम्म पु¥याएकी छन् । 

नेपालीले यसअघि समेत ५ लाख राशीको अन्तराष्ट्रिय दर्नाल अवार्ड प्राप्त गरिसकेकी छन् । 

यस अवार्डले आफ्नो काम गर्ने हौसला बढेको अभियन्ता नेपालीले बताएकी छन् । आफ्नो बच्चै देखि अन्यायका विरुद्ध बोल्ने आदतले यहाँसम्म पुर्याएको उनको भनाई छ ।

No description available.