बुङ्गलका कार्यालय सहयोगी धनबहादुरको शव  ६ दिनपछि सेती नदीमा फेला

बुङ्गलका कार्यालय सहयोगी धनबहादुरको शव  ६ दिनपछि सेती नदीमा फेला

बझाङ। बझाङको बुङ्गल नगरपालिकाका कार्यालय सहयोगी धनबहादुर बोहराको शव फेला परेको छ । उनको शव डोटीस्थित दिपायलको सेती नदीमा फेला परेको हो ।

बुङ्गल–३ विर्पैयाँका ४० वर्षीय बोहराले लगाएको चप्पल कालङ्गा नदीको किनारमा बिजगडा पुलको नजिक भेटिएको थियो। उनको शव ६ दिनपछि डोटीमा फेला परेको प्रहरीले जनाएको छ।