बैतडीकी सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड

बैतडीकी सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड

महेन्द्रनगर । बैतडीकी सरस्वती नेपाली अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले प्रदान गर्ने ‘ग्लोबल एन्टी–रेसिजम च्याम्पियन्स अवार्ड’ (जीएआरसी) बाट सम्मानित भएकी छिन् । 

अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई सम्मान गरेको हो ।

एक प्रशंसित सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षको रूपमा उनले नेपालमा सीमान्तकृत जाति, अपाङ्गता भएका र गरिबहरूको मानवअधिकारको वकालत गर्दै २० वर्षभन्दा बढी समय बिताएको भन्दै यो अवार्ड दिइएको हो।

सरस्वती नेपालीको प्रयासले नेपालको पश्चिमी जिल्लाका ग्रामीण क्षेत्रका अनगिन्ती दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएको खबरमा उल्लेख छ । उनले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा जातीय भेदभाव विरुद्धको मुद्दा जितेको पनि दूतावासले जनाएको छ ।

उहाँसहित ट्युनिसिया, बङ्लादेश, ब्राजिल, मोल्डोभो र पेरुका एकएक जना सामाजिक अभियन्तालाई पनि यो अवार्डबाट सम्मान गरिएको छ ।