दार्चुलामा प्रहरीद्वारा वृक्षारोपण

दार्चुलामा प्रहरीद्वारा वृक्षारोपण

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाद्वारा वृक्षारोपण गरिएको छ । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरिएको हो । 

बिहिवार बिहान जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख, डिएसपी तर्कराज पाण्डेयको नेतृत्वमा प्रहरी कार्यालय परिसर र  महाकाली नदीले कटान गर्न सक्ने क्षेत्रमा वृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । 

डिएसपी पाण्डेय सहितको २५ जनाको प्रहरी टोलीले विभिन्न प्रजातीका बोटबिरुवाहरू वृक्षारोपण गरेको उनले बताए । यस्तै जिल्लास्थित सम्पूर्ण प्रहरी  ईकाइहरुले आ-आफ्नो क्षेत्रमा वृक्षरोपण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।