सुनचोरीको आरोपमा दम्पती पक्राउ

सुनचोरीको आरोपमा दम्पती पक्राउ

बैतडी । सुनचोरीको आरोपमा दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । बैतडीको डिलाशैनी गाउपालिका ५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुनचोरी गरेको आरोपमा उनीहरु दुबैजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । 

आफ्नो घरमा रहेको ५ तोला सुनचोरी भएको भनेर जयानन्द नाथले गोपाल र लक्ष्मीको नाममा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरबाटै पक्राउ परेका दुबैजनाविरुद्ध चोरीसम्बन्धी मुद्धा दर्ता भएर अदालतबाट ७ दिनको म्याद थप गरिएको छ ।

पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ