बैतडीमा सुनचोरीको आरोपमा दम्पती पक्राउ

बैतडीमा सुनचोरीको आरोपमा दम्पती पक्राउ

बैतडी । सुन चोरेको आरोपमा बैतडीका एक दम्पत्तीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलाशैनी गाउपालिका– ५ लेठ्ठेकोटका २३ वर्षीय गोपाल नाथ योगी र उनकी श्रीमती २० वर्षीया लक्ष्मी नाथलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय जयानन्द नाथको घरबाट ५ तोला सुन चोरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरबाट ५ तोला सुन चोरी भएको भन्दै जयानन्दले दुवैको नाममा किटानी जाहेरी दिएपछि उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

घरबाटै पक्राउ परेका दुबैजनाविरुद्ध चोरीसम्बन्धी मुद्धा दर्ता भएर अदालतबाट ७ दिनको म्याद थप गरिएको उनले बताए । उनिहरुमाथी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।