बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

बझाङ । बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो। 

यसअघि गत साउन ३ गते विहान ९ बजेर  ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको थियो। रासस