विश्वको दुर्लभ नौ मुठे गाईको डोटीमा संरक्षण गरिदै

विश्वको दुर्लभ नौ मुठे गाईको डोटीमा संरक्षण गरिदै

धनगढी । विश्वको सवै भन्दा सानो प्रजाती भनेर चिनिने अछामी नौ मुठे गाई संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि सरकारी स्तरबाटै संरक्षण अभियान सुरु गरेको छ ।  

कृषि अनुसन्धान निर्देशनालय डोटीले आफ्नो अनुसानधान केन्द्रमा २० बटा नौमुठे गाई संरक्षण गरि राखेको हो । 

अहिले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाईने सो जातको गाई लोप हुने अवस्थामा पुगेको छ । अगाडिको खुट्टादेखि जुरो सम्मको उचाई मानिसको हातको मुठ्ठीले नाप्दा जम्मा नौ मुठ्ठी हुने भएकोले यस गाईलाई स्थानीयवासीहरु नौमुठ्ठे गाई भन्ने गरेको छ । यसलाई दिइने घासपातको तुलनामा यसले दिने दूध धेरै हुन्छ, यो गाईलाई राम्रोसंग स्याहार सुसार गर्न सकेमा उत्पादकत्व समेत बढ्ने नौमुठे गाईका स्याहारे बताउछन् । 

यसको दूध निकै पोषिलो पनि समेत हुने गर्छ । गाईको एक सय ५० किलोग्राम तौल हुन्छ । यो गाईले २ देखि ३ माना सम्म दूध दिन्छ । हजार किलोग्राम तौल हुने उन्नत जातको गाईले दिने दूधभन्दा तुलनात्मक रुपले निकै वढी भएकोले महत्व भएको हुन्छ । कुनै पनि प्रजातिमा पोथीको संख्या हजार भन्दा कम भएमा उक्त प्रजाति संरक्षणका दृष्टिकोणबाट खतराको स्थितिमा हुन्छ । हावापानीले खासै असर नपर्ने यो प्रजातीको गाई नेपालको जुनसुकै पहाडी जिल्लामा पनि सफलतापूर्वक पाल्न सकिने कृषि अनुसन्धान निर्देशनालय डोटी निर्देशक मुथरा यादवले बताए ।

 ‘यस गाईलाई ज्यादै थोरै आहारामा पाल्न सकिन्छ, केही गाईहरु पोखराको गाईभैंसी फाराममा पनि पालिएका छन’ निर्देशक यादवले भने ‘लोपोन्मुख प्रजाति भएकोले यसको वीर्य संकलन गर्ने उदेश्यले, पशु प्रजनन महाशाखा खुमलटारमा पनि यो गाईको साढे पालिएको थियो । यो गाईको संख्या ज्यादै न्यून भएको र कृषकहरुले पाल्न पनि छाडिसकेकाले लोप हुने स्थितिमा छ ।’

उनका अनुसार यसलाई दिइने घासपातको तुलनामा यसले दिने दूध धेरै रहने गर्छ । यो गाईलाई राम्रोसंग स्याहार सुसार गर्न सकेमा उत्पादकत्व अझ बढ्न सक्छ । 

‘यसको दूध निकै पोषिलो पनि हुन्छ’, दिपायलका प्रेम शाहुले भने ‘एक सय ५० किलोग्राम तौल भएको यो गाईले २ देखि ३ माना सम्म दूध दिन्छ ।’

यो गाई मुख्य गरि अछामको बावला, घुघुरकोट, देवीस्थान, बुढाकोट, मष्टामाण्डौ र खप्तडमा पाईने निर्देशक यादवले बताए । नौ मुठ्ठे गाईको तथ्यांक हेर्दा अत्याधिक गर्मी हुने क्षेत्र अछामको साफेवगर र अति न्यून तापक्रम भएको खप्तड क्षेत्रमा समेत यो गाई पाल्ने गरेको निर्देशक यादबले बताए ।  

‘यो गाई पाल्न सजिलो हुने भएकाले यहाँका स्थानियहरुले यहाँबाट गाई लगेर पाल्ने गरेका छन’ यादबले भने ‘पाल्न चहाने मानिसलाई हामी निशुःल्क दिन्छौं । तर, हामीसंग सम्झौता गर्नु पर्ने बताए ।’