एक्सपर्ट शैक्षिक सम्मेलन २०२३ सम्पन्न

एक्सपर्ट शैक्षिक सम्मेलन २०२३ सम्पन्न

धनगढी । धनगढीमा एक्सपर्ट वृहत शैक्षिक सम्मेलन २०२३ शनिबार सम्पन्न भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको आयोजनामा आफनै भवनमा भएको एक्सपर्ट शैक्षिक सम्मेलन सम्पन्न भएको हो ।

शैक्षिक सम्मेलनमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुले भाग लिनुका साथै  छुटसहित भर्ना पनि गरिएको जनाइएको छ । सम्मेलन भएका दिन भर्ना हुन चाहने विद्यार्थीहरुलाई ५० प्रतिशत छुट दिइएको शाखा म्यानेजर निलम चौधरीले बताइन् ।

शैक्षिक सम्मेलनमा दुई सय ५० बढी विद्यार्थीहरु सहभागि हुनुका साथै विदेशका विभिन्न विश्वविद्यालयहरुका २० देखि २२ जना प्रतिनिधिहरुको सहभागीताका रहेको थियो । विश्वविद्यालयका प्रतिनिधिहरुले आफ्ना विश्वविद्यालयले पठनपाठन गराईरहेका विषयहरुका बारेमा विद्यार्थीहरुलाई अवगत गराएका थिए । 

सात बर्षअघि धनगढीमा स्थापना भएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढी शाखाले बर्षमा दुई पटक विद्यार्थीहरुलाई शैक्षिक सम्मेलन मार्फत जानकारी दिदै आएको छ । अष्ट्रेलिया, क्यानडा, वेलायत, अमेरिका लगायतका देशहरुमा उच्च शिक्षा हासिल गर्नका लागि जाने विद्यार्थीहरुलाई एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले धनगढीबाट सुविधा दिदै आएको छ ।

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गरेर एक्सपर्टले बेला बेलामा सेमिनारको पनि आयोजना गर्दै आएको छ । अष्ट्रेलियामा रहेका विश्वविद्यालयका प्रतिनिधिहरुलाई नेपालमा उपस्थित गराई विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा अष्ट्रेलियाको बारेमा पूर्ण जानकारी गराउनका लागि नै सेमिनार गर्दै आएको शाखा म्यानेजर चौधरीले बताइन ।

सेमिनारको माध्यमबाट विद्यार्थी र अभिभावकहरुले अष्ट्रेलियामा रहेका विश्वविद्यालयहरुमा कस्ता–कस्ता प्रोग्रामहरु रहेछन्, आफूलाई उपयुक्त हुने कोर्ष, त्यसमा लाग्ने शुल्क, त्यहाँ रहेका अवसर र चुनौतीहरु, अष्ट्रेलियाको शैक्षिक अवस्था, वातावरण, नेपाली विद्यार्थीहरुले पाउने सेवा र सुविधा, काम गर्ने समय लगायत सम्पूर्ण विषयमा जानकारी प्राप्त गर्न सहज भएको सहभागिहरुको प्रतिक्रिया रहेको थियो ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज यस्तो संस्था हो, जसले उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श, विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सुविधा जस्तैः स्किल माइग्रेसन र त्यहाँ बस्न तथा काम गर्ने वातावरण मिलाउनका लागि पनि पहल गर्दै आएको छ ।

एक्सपर्टले विद्यार्थीहरुलाई अष्ट्रेलियाको विभिन्न विश्वविद्यालयसम्म पुर्याउने काम गर्दै आएको छ । सन् २००३ मा अष्ट्रेलियाको सिड्नीमा स्थापना भएको एक्सपर्टले अष्ट्रेलिया र नेपालमा गरी १४ देशहरुमा शाखा कार्यालय विस्तार गरी विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायत अन्य सेवा र सुविधा पनि प्रदान गर्दै आएको छ ।