बैतडीमा नेटवर्किङको नाममा ठगी धन्दा गरेको आरोपमा  तिन जना पक्राउ

बैतडीमा नेटवर्किङको नाममा ठगी धन्दा गरेको आरोपमा  तिन जना पक्राउ

बैतडी । नेटवर्किङको नाममा ठगी धन्दा गरेको आरोपमा बैतडीका रवीन चन्दसहित अछाममा दुई जना पक्राउ परेका छन् । 

बैतडीको पाटन नगरपालिका–१० का २३ वर्षीय राहुल भनिने रवीन चन्दलाई पक्राउ गरिएकोे अछाम प्रहरीले जनाएको छ । उनलाई मंगलसेनबाट पक्राउ गरिएको हो । 

राहुलले आरएनसी ट्रेडिङ प्रालिका नाममा नेटवर्किङ व्यवयाय सञ्चालन गरी ठगी गरेको आरोप लागेको छ । अछामका ३७ जनालाई नेटवर्किङ मार्केटिङमा जोडेर उठाइएको पैसा ठगी गरेको भन्दै तीमध्येका १० जनाले जिल्ला प्रहरी कार्यालय अछाममा दिएको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

यसअघि नेटवर्किङ मार्केटिङ कार्यमा संलग्न डडेल्धुराको आलिताल गाउँपालिका–६ का २१ वर्षीय प्रिती ऐरीलाई प्रहरीले पक्राउ गरेको थियो । 

ठगीमा संलग्न रहेको आरोप लागेका बैतडीको सुर्नया गाउँपालिका–२ का २३ वर्षीय भीमसिंह ऐरी र बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ का २० वर्षीय गणेश खड्का फरार रहेका छन् । 

आरोपितहरुले ३७ जनाबाट प्रतिव्यक्ति १६ हजार देखि २४ हजारका दरले ५ लाख २६ हजार १ सय रकम संकलन गरेको बताइएको छ ।