लागुऔषधसहित गोदावरीकी एक महिला पक्राउ

लागुऔषधसहित गोदावरीकी एक महिला पक्राउ

धनगढी । लागुऔषध सहित कैलालीको गोदावरीकी एक महिला पक्राउ परेकी छिन । शुक्रबार धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट लागुऔषध सहित गोदावरी नगरपालिका–२ की सिता चौधरी पक्राउ परेकी हुन ।

उनको साथबाट २४ मिलिग्राम लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

चौधरी संग लिइएको वयानका आधारमा अन्य थप २ जना पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।