आईफोन १५ मा टाइप-सी पोर्ट, ३५ वाटसम्मको फास्ट चार्जिङ सपोर्ट गर्ने

आईफोन १५ मा टाइप-सी पोर्ट, ३५ वाटसम्मको फास्ट चार्जिङ सपोर्ट गर्ने

काठमाडौं । आउँदो सेप्टेम्बर महिनामा एप्पलले आईफोन १५ सिरिज सार्वजनिक गर्दैछ । सार्वजनिक हुने मिति नजिकिँदै गर्दा विभिन्न विवरण लिक भइरहेका छन् ।

नयाँ सिरिजको आईफोनमा लाइटनिङ पोर्टको सट्टामा यूएसबी-सी पोर्ट हुने खबर छ । नाइन टु फाइभ म्याकका अनुसार आईफोन १५ सिरिजका केही मोडेलहरूले ३५ वाटसम्मको फास्ट चार्जिङ सपोर्ट गर्नेछन् । यद्यपि एप्पल सर्टिफाइड केबल प्रयोग गर्दा मात्र यो क्षमताको फास्ट चार्जिङ सपोर्ट हुने बताइएको छ ।

एप्पलले २०२० मा नै ई-वेस्ट (विद्युतीय फोहर) हुने भन्दै आईफोन खरिद गर्दा पावर एडप्टर दिन बन्द गरेको थियो । यसकारण आईफोन १५ मा पनि ग्राहक स्वयंले एडप्टर किन्नुपर्ने छ । एप्पलले ग्राहकहरूलाई गत वर्ष बजारमा आएको ३५ वाटको डुअल यूएसबी चार्जर वा म्याकबुक एयरको लागि बनाइएको ३० वाटको यूएसबी-सी चार्जर किन्न सुझाव दिनसक्ने समेत चर्चा छ ।

युरोपेली संघ (ईयू)ले डिसेम्बर २८, २०२४ सम्म आईफोन सहित सबै नयाँ फोनहरूले चार्जिङका लागि यूएसबी-सी प्रयोग गर्नुपर्ने मापदण्ड तोकेकाले पनि एप्पलल्रे लाइटनिङ पोर्टको विकल्प खोजेको छ । ईयूको मापदण्ड पूरा गर्नका लागि पनि एप्पल आईफोन १५ यूएसबी-सी पोर्ट राख्नुपर्ने बाध्यतामा छ । टेकपाना