धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु

धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु

धनगढी । धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१४ डी गाउँका पुष्पराज उपाध्यायका ७ वर्षीय छोरा बेदप्रसादको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको हो।

आफ्नै घरको पानी तान्ने मोटरको तारमा अचानक छुन गई करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।