अफगानिस्तानद्धारा पाकिस्तान एकदिवसीय क्रिकेटमा अल आउट

अफगानिस्तानद्धारा पाकिस्तान एकदिवसीय क्रिकेटमा अल आउट

काठमाण्डौ । अफगानिस्तानसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तान २ सय १ रनमै अलआउट भएको छ ।

श्रीलङ्काको महिन्दा राजपाक्ष अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४७ ओभर १ बलमा २ सय १ रनमा अल आउट भयो ।

एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई अल आउट गरेको यो पहिलो पटक हो । पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ६१ रन बनाए । यस्तै शादब खानले ३९ र इफ्तिकर अहमदले ३० रन बनाए । बलिङतर्फ अफगानिस्तानका मुजीब उर रहमानले ३ तथा मोहम्मद नाबी र राशिद खानले २र२ विकेट लिए ।

पाकिस्तान र अफगानिस्तानले श्रीलङ्कामा ३ खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् ।