कैलालीमा स्कुटरको ठक्करबाट दुई जना घाइते

कैलालीमा स्कुटरको ठक्करबाट दुई जना घाइते

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका – ३ झीलमा स्कुटरले ठक्कर दिदा २ जना घाइते भएका छन । मंगलबार झील चौराहमा गण्डकी प्रदेश ब १५ प ८६११ नम्बरको स्कुटरको ठक्करबाट सोहि स्थानका ४५ वर्षीय झुपरी साँउद र ८७ वर्षीय देवीसिंह साँउद घाइते भएका हुन ।

स्कुटर चालक लम्कीचुहा – ३ की ३० वर्षीया भावना थापालाई घाइते दुवै जनालाई लिएर उपचारका लागि धनगढी पठाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

टाउकोमा चोट लागेर घाइते भएका दुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । स्कुटर इलाका प्रहरी कार्यालय चौमालाको नियन्त्रणमा छ ।