खुट्टाको तल सिरानी राखेर सुत्दा के फाइदा हुन्छ ?

खुट्टाको तल सिरानी राखेर सुत्दा के फाइदा हुन्छ ?

एजेन्सी । दिनभर काम गरेर थाकेपछि हरेक व्यक्तिको चाहना हुन्छ रातमा राम्रो निद्रा परोस् । यस्तोमा सुत्ने बेला अपनाउने केही उपायहरु छन् जसलाई अपनाएर हामी राम्रो निद्रा लिन सक्छौं । त्यस्तै यस्तो उपायहरुले स्वास्थ्यमा पनि फाइदा गर्दछ । त्यस्तै एउटा उपाय छ खुट्टाको तल सिरानी राखेर सुत्ने । जानौं यसरी सुत्दा हुने फाइदाहरुका बारेमा–

कैयौंपटक हामी घण्टौं खुट्टा टंगाएर बस्छौं जसले गर्दा खुट्टा सुन्निने समस्या पनि हुन्छ । त्यसैले सुत्ने बेला खुट्टाको तल सिरानी राखेमा फ्यूट रिटेन्शन कम हुन्छ, जसले गर्दा सुन्निने समस्या पनि कम हुन्छ ।

कैयौंपटक शरीरको रक्तसञ्चार राम्रोसँग नहुँदा कुनै भाग झमझम गर्छ । यस्तोमा सुत्ने बेला खुट्टाको तल सिरानी राखेर सुत्दा रक्तसञ्चार राम्रो हुन्छ र खुट्टा झमझम गर्ने पनि निको हुन्छ ।

अहिलेको समयमा लामो समय मानिस बसेर काम गर्छन्, जसले गर्दा कम्मरमा दुखाई शुरु हुन्छ । यस्तोमा रातमा सुत्ने समयमा खुट्टामा सिरानी राखेर सुत्दा आराम मिल्छ ।

 दिनभरको कामकाज आदिले साँझसम्म थकान महसुस हुन्छ । जहाँ सिरानी खुट्टाको तल राखेर सुत्दा आराम पाउन सकिन्छ ।
 कैयौंपटक रातमा सुत्ने समयमा शरीरमा रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । यस्तोमा खुट्टाको तल सिरानी राखेर सुतेमा रक्तसञ्चारमा आउने बाधाहरु उत्पन्न हुँदैन ।

त्यस्तै गर्भावस्थाको बेला खुट्टा दुख्ने तथा सुन्निने समस्या आउने हुन्छ । यस्तोमा सिरानी खुट्टाको तल राखेर सुत्दा आराम पाउन सकिन्छ । यसले शरीरको पोस्चर पनि सही हुन्छ ।