कुकुर रुनुको पछाडी यस्तो छ कारण

कुकुर रुनुको पछाडी यस्तो छ कारण

एजेन्सी । प्रायः रातमा कुकुर रोएको आवाज सुन्नुभएको होला । उनीहरु विभिन्न कारणले रुने गर्छन् । ज्योतिष विद्याका जानकारका अनुसार यसरी कुकुर रुनु राम्रो होइन ।

कुकुर रुनुलाई एकदमै अशुभ मानिन्छ । यिनीहरुको रुवाईले नराम्रो घटना घट्नेतिर संकेत गर्दछ । यदि घरमै पालेको कुकुर रुन्छ भने यसले पनि कुनै नराम्रो घटना हुने संकेत गर्दछ । कुकुरले बोलेर आफ्नो कुरा सम्झाउन त सक्दैन, त्यसैले रोएर आफ्नो पीडा भन्ने गर्दछ ।

कुकुर रुनुको पछाडि अर्को एउटा कारण पनि छ कि उनीहरुको साथीसम्म यस्तो संकेत पुगोस् । विभिन्न धार्मिक अन्धविश्वासमा यस्तो पनि बताइएको छ कि, उनीहरुले रातमा पूर्वज वा आत्मालाई देखेर पनि रुने गर्दछन् ।

आखिर कुकुर जुन कुनै समयमा रुएको सुनिन्छ भने त्यो अशुभ नै मानिन्छ । किनकी भनिन्छ जनावरलाई प्राकृतिक प्रकोप आदिका बारेमा पनि पहिले नै संकेत हुने गर्छ । वा यसो भन्न सकिन्छ उनीहरुले पहिले नै प्रकृतिमा हुन थालेको नराम्रो घटनाको आभाष पाउँछन् ।