मेटाले ल्यायो १०० भन्दा बढी भाषा ट्रान्सक्राइब र अनुवाद गर्ने एआई मोडेल

मेटाले ल्यायो १०० भन्दा बढी भाषा ट्रान्सक्राइब र अनुवाद गर्ने एआई मोडेल

काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले १०० भन्दा बढी भाषालाई अनुवाद तथा ट्रान्सक्राइब गर्न सक्ने एआई मोडेल तयार पारेको छ । कम्पनीले टेक्स टु स्पिच अर्थात् लिखित सामग्रीलाई बोलेर सुनाउने तथा बोलेको कुरालाई अक्षरमा उतार्ने एआई मोडेल सिमलेसएम ४ टी सार्वजनिक गरेको हो ।

ट्रान्सलेसन डेटा सेटको रूपमा रहेको सिमलेसअलाइनसँगै ओपन सोर्सको रूपमा उपलब्ध यो मोडेल एआईबाट सञ्चालित स्पिच टु स्पिच (बोलीबाट बोली) र स्पिच टु टेक्स्ट (बोलीबाट अक्षर) को क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको दाबी मेटाले गरेको छ ।

''हाम्रो एउटै मोडेलले अन डिमाण्ड(माग अनुसारको) अनुवाद उपलब्ध गराउँछ, जसले मानिसहरूलाई थप प्रभावकारी ढङ्गले अन्य भाषा बोल्न सक्षम बनाउँछ,'' मेटाले भनेको छ । ''छुट्टै भाषा पहिचान गर्ने मोडेल बिना नै सिमलेसएम ४ टीले निहीत ढङ्गले स्रोत भाषालाई पहिचान गर्न सक्छ।,'' टेकपाना