फेसबुक र इन्स्टाग्रामले लगायो मदिराजन्य पदार्थका विज्ञापनमा रोक

फेसबुक र इन्स्टाग्रामले लगायो मदिराजन्य पदार्थका विज्ञापनमा रोक

काठमाडौं । फेसबुक र इन्स्टाग्रामले  मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाएको छ।  फेसबुक र इन्स्टाग्रामको मुख्य सञ्चालक मेटाले  सूचना जारी गर्दै मदिराजन्य पदार्थका विज्ञापनमा रोक लगाइएको  हो।

सूचनामा नेपाल सहित १८ वटा देशमा  मदिराजन्य पदार्थको विज्ञापन  गर्न निषेध गरेको उल्लेख गर्दै त्यसको पालना आफूहरुले गरेको बताएको छ ।

मेटाले दक्षिण पूर्वी एसियाका देशहरुमध्ये नेपालसहित अफगानिस्तान, बंगलादेश, भारतका निश्चित प्रान्तहरु, थाइल्याण्ड र पाकिस्तानमा मदिराजन्य विज्ञापनहरु आफ्नो सोसल मिडिया प्लेटफर्महरुमा रोक लगाएको हो। यस्तै, ब्रुनाई, इजिप्ट, जिम्बाबे, कुवेत, लिबिया, लिथुनिया, नर्वे, रसिया, साउदी अरब, टर्की र युएई र यमनमा पनि मदिराजन्य विज्ञापनमा रोक लगाएको छ।

नेपालमा सर्वोच्च अदालतले मदिराजन्य पदार्थको सार्वजनिक विज्ञापन गर्न नपाउने आदेश दिइसकेको छ।