बाजुरामा लेक लागेर थप एक तिर्थयात्रीको मृत्यु

बाजुरामा लेक लागेर थप एक तिर्थयात्रीको मृत्यु

बाजुरा । बडीमालिका जात्रामा गएका थप एक तिर्थयात्रीको मृत्यु भएको छ । जात्रामा गएका बाजुराको त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको हो ।

अक्सिजन अभावका कारण बाटोमै अचेत भएका बुढाको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले बताएका छन । उनको दुर्गाभञ्जन गुल्म बाजुराद्वारा सञ्चालित स्वास्थ्य शिविरमा उपचार भइरहेको थियो ।

यसअघि तिर्थयात्रा जाने क्रममा लेक लागेर कालिकोटको पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको मृत्यु भएको थियो । अक्सिजन अभावका कारण बिरामी भएका न्यौपानेको उद्धारपछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बडीमालिका जात्राकै क्रममा अक्सिजन अभाव भएर कैलालीको अत्तरियाकी ६३ वर्षीया ईश्वरी बोहरा अचेत भएकी छिन । उनको सेनाको स्वास्थ्य शिविरमा उपचार भइरहेको जनाइएको छ ।