नगरस्तरिय हाजिरिजवाफ प्रतियोगीता आयोजना गरिने

नगरस्तरिय हाजिरिजवाफ प्रतियोगीता आयोजना गरिने

धनगढी । गोदावरी नगरपालिकामा नगरस्तरिय हाजिरीजवाफ प्रतियोगीता आयोजना हुने भएको छ । अत्तरियामा रहेको पिएफए स्पोट्र्स क्लबले प्रतियोगीता आयोजना गर्न लागेको हो ।

यही भदौ १६ गते अत्तरियास्थीत नमस्ते पार्टी प्यालेसमा आयोजना हुने प्रतियोगीतामा नगरमा रहेका २३ वटा विद्यालयहरुले सहभागीता जनाउन सक्ने आयोजकले जानकारी दिएको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक पिएफए स्पोट्र्स क्लबकी उपाध्यक्ष भगवती साउँदले प्रतियोगीतामा नगरमा रहेका विद्यालयहरुले सहभागीता जनाउन पाउने बताईन ।

उनले प्रतियोगीता माविस्तरिय मात्रै हुने र मावि तहसम्म अध्यापन गर्ने विद्यार्थीहरुले मात्रै प्रतियोगीतामा सहभागीता जनाउन पाउने बताईन । उनले प्रतियोगीताका प्रथम, द्धितिय, तृतिय र चौथो हुने टिमलाई आर्कषक पुरस्कारको व्यवस्था रहेको बताईन । उनले शैक्षिक, सांस्कृतिक, राजनितिक, गाउँखाने कथा लगायतका सम्पुर्ण विषयवस्तुमा रहेर प्रतियोगीतामा प्रश्नहरु सोधिने बताईन ।

क्लबका महासचिव सिद्ध बोहराले विद्यार्थीहरुमा पढाई प्रतिको जागरुकता बढाउन प्रतियोगीता आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगीतामा प्रतिविद्यालयबाट ४ जना विद्यार्थीहरुले सहभागीता जनाउन पाउने बताए ।