पाकिस्तानसँग नेपाल  २ सय ३८ रनले पराजित

पाकिस्तानसँग नेपाल  २ सय ३८ रनले पराजित

काठमाण्डौ । एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २-२ विकेट लिए ।

यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए । बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै मोहम्मद रिजवान ४४ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

अब नेपालले आउँदो सोमवार भारतसँग श्रीलङ्कामा खेल्नेछ ।