भोजपुरको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प

भोजपुरको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । भोजपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति १ बजेर ११ मिनेटमा चार म्याग्निच्युटको भूकम्प गएको हो ।

भोजपुरको तुङ्गेछा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का भोजपुर जिल्ला आसपासका क्षेत्रमा पनि महसुस भएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।