बिदाको दिन पढाएका विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने

बिदाको दिन पढाएका विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं  । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाको दिन पढाएका विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरले सापारु र रोपाइँ जात्रा मनाउन भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, उक्त निर्णयको अवज्ञा गर्दै त्यस दिन खुलेका विद्यालयलाई कारबाही गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ।

काठमाडौं महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, “स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रूपमा सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।”

कुन कानून अनुसार के कारबाही हुन्छ भन्ने चाहिं सूचनामा खुलाइएको छैन।