एक सय ४३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

एक सय ४३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

डोटी  । डोटीको पुर्विचौकी गाउँपालिका  २ वगलेकमा अवस्थित भारतोलि माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ४३जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

मानवीय सेवामा अनेकौँ प्रयास संस्था कैलालीले विद्यार्थीहरूलाई शैक्षिक सामग्री  वितरण गरिएको हो। विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययनरत एक सय ४३ जना  विद्यार्थीलाई  झोला ,ज्यामीटि बक्स, कपि ,पेन्सिल वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।

विद्यालयलाई एक थान नेट र बल समेत वितरण गरिएको उनले बताए । विद्यार्थीको शैक्षिक उपलब्धिमा सहयोग पुगोस् भन्दै संस्थाले शैक्षिक सामग्री वितरण  गरिएको उनले बताए ।

उनले भने, गाउँमा अहिले पनि विद्यार्थीहरू हातमा झोला बोकी रहेका हुन्छन् । दैनिक रूपमा पठनपाठन हुने शैक्षिक सामग्री झोलामा हालेर जाँदा सुरक्षित पनि हुन्छ । सानो सहयोगले विद्यार्थीहरूलाई प्रोत्साहन पनि हुन्छ । त्यो कुरालाई मध्यनजर गरेर वितरण गरिएको हो। 

यस्ता सहयोगले विद्यालय र विद्यार्थी दुबैलाई सकारात्मक प्रभाव पर्ने  विद्यालयका प्रधानाध्यापक गणेश कुँवरले बताए । शैक्षिक सामग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय,वडा नम्बर २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्ला लगायतको उपस्थित थियो ।