एनआरएनएद्वारा डडेल्धुराका ४ विद्यालयमा लाइब्रेरी हस्तान्तरण

एनआरएनएद्वारा डडेल्धुराका ४ विद्यालयमा लाइब्रेरी हस्तान्तरण

धनगढी । बिद्यार्थीहरुको पढाइमा सहयोग हुने उद्देश्यका साथ डडेल्धुराका विभिन्न चार बिद्यालयहरुलाई गैर आवासीय नेपालीहरूको संस्था (एनआरएनए) ले लाइब्रेरी हस्तान्तरण गरिएको छ ।

उक्त सामग्रीले बिद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्ने भक्त बिबि फर ह्युमानिटिका केन्द्रीय सल्लाहकार राजबहादुर चन्दले बताए ।

आइतबार एक कार्यक्रमका बिच गैर आवासीय नेपालीहरूको संस्था एनआरएनएले सहस्रलिङ मावि चमडा, अजयमेरु आधारभूत विद्यालय रोल्ली, भद्रपुर मावि भद्रपुर र दुर्गा स्थान आधारभूत विद्यालय गुनपालमा भक्त बि बि संस्थाको पहलमा लाइब्रेरी हस्तान्तरण गरिनुका साथै (Library Managemnt Fund)  समेत गठन गरिएको केन्द्रीय सल्लाहकार चन्दले बताए ।

कक्षाको नियमित पढाई बाहेकको अतिरिक्त समयमा बालबालिकाहरूको पुस्तक पढ्ने बानीको विकास एवम् बौद्धिक विकास लागि प्रदान गरिएको उक्त लाइब्रेरीमा उपलब्ध रहेको पुस्तकहरूको विभिन्न कथा, कविता, चित्र ,व्यंग्यचित्र लगायतका सामग्रीहरू निकै उपयोगी हुनेछन् ।

एनआरएनए लाइब्रेरीले उक्त माध्यमिक विद्यालयमा रहेका बालबालिकाको अध्ययनशीलता, बौद्धिक विकास र पुस्तक पढाई प्रति रुचि बढाउनेछ भन्ने विश्वास लिइएको छ । 

भक्त बि.बि. फर ह्युमानिटीको पहल र सकृयतामा एनआरएनएका अध्यक्ष बिनोद कुंवर (दुर्गम लाइब्रेरी अभियन्ता ) हेल्प नेपाल नेट्वर्कले लाईब्रेरी स्थापनार्थ सहयोग जारी राखेको छ ।  आगामी दिनमा अन्य वडामा पनि सहयोग गर्ने हरेन्द्र भण्डारीले जानकारी दिए ।

May be an image of children's toy, book and text

May be an image of 15 people and text