कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

काठमाण्डौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । 

काठमाण्डौको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा आज बुधवार आयोजित कार्यक्रममा भाग लिएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आक्रमण गर्ने व्यक्तिबारे सोधखोज भइरहेको प्रहरीले जनाएको छ ।