कैलालीमा झण्डै १४ लाख बराबरको अवैध सामान वरामद

कैलालीमा झण्डै १४ लाख बराबरको अवैध सामान वरामद

धनगढी । कैलालीमा झण्डै १४ लाख बराबरको अवैध सामान वरामद गरिएको छ । प्रहरीले धनगढी र भजनीबाट गरी प्रहरीले १४ लाख ६६ हजार बरावरको अवैध सामान बरामद गरेको हो ।

उक्त सामान भन्सार छली गरेर भारतबाट नेपाल भित्र्याइएकाले बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालयका मोटरसाइकल गस्ती टोलील धनगढी उप–महानगरपालिका – २ मिलन चोकमा भारतबाट भन्सार छली गरी ल्याएको ११ लाख ४ हजार बराबरको मोटर पाट्सहरु र कपडा बरामद गरेको थियो ।

त्यस्तै धनगढीकै वडा नम्बर ४ ओमशान्तीटोबाट पनि प्रहरीले भन्सार छली ल्याएको ९१ हजार बराबरको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बुधबार नै ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको सादा पोषाकका प्रहरीले भजनी नगरपालिका – ५ कुटीबाट २ लाख ७१ हजार बराबरको कपडा र मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।

बरामद गरीएका सामान भन्सार कार्यालय त्रिनगर र भन्सार कार्यालय सत्तीमा बुझाएको छ ।