एसिया कप खेलेर फर्किएको टोलीलाई विमानस्थलमै भव्य स्वागत

एसिया कप खेलेर फर्किएको टोलीलाई विमानस्थलमै भव्य स्वागत

काठमाण्डौ । एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । पाकिस्तान र श्रीलङ्कामा एसिया कप खेलेर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारी तथा क्रिकेट समर्थकले स्वागत गरेका हुन् । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको ब्यान्ड टोलीसमेत विमानस्थलमा पुगेको थियो ।

नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेकोमा दुवैसँग हारेको थियो । तर हारका बाबजुद पनि उत्कृष्ट खेलको भन्दै चौतर्फी प्रशंसा भइरहेको छ ।