यादवमाथि सांघातिक आक्रमण गर्नेलाई कडा कारवाही गर्न माग

यादवमाथि सांघातिक आक्रमण गर्नेलाई कडा कारवाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेलाई कडा भन्दा कडा कारवाही गर्न सरकारसाग माग गरेको छ ।

नेपाली कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै आक्रमण गर्ने बयक्ति वा त्यसको पछिल्तिर जो कोही ब्यक्ति वा समूहउपर अनुसन्धान गरेर कारवाही गर्न माग गरेको हो । उक्त घटनालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको भन्दै घटनाको घोर निन्दा र भत्र्सना पनि कांग्रेसले गरेको छ ।

सहमहामन्त्री यादवलाई काठमाडौंको भृकुटीमण्डपमा रिपोटर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार दिउँसो श्याम सापकोटा भन्ने ब्यक्तिले धारिलो हतियारले सांघातिक आक्रमण गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणबाट घाईते हुनुभएका कांग्रेस सहमहामन्त्री यादवको काठमाडौंको बीरअस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।आक्रमणकारी सापकोटालाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।