पुरानो रेजर प्रयोग गर्दा हुन सक्छ यस्ता नोक्सानी

पुरानो रेजर प्रयोग गर्दा हुन सक्छ यस्ता नोक्सानी

एजेन्सी । प्रायः मानिस छालाका रौंहरू हटाउनका लागि रेजरको प्रयोग गर्छन् । तर, यदि तपाईं पुरानो रेजर पटक-पटक प्रयोग गर्नुभयो भने त्यसले छालासँग जोडिएका केही समस्या हुन सक्छन् ।

पुरानो रेजर प्रयोग गर्नुअघि जान्नुहोस् त्यसबाट हुन सक्ने नोक्सानका बारेमा ।

एउटै रेजरलाई पटक-पटक प्रयोग गर्दा रौंहरु दह्रो हुन थाल्छन् र साथमा छाला सुख्खा हुने समस्या बढ्न थाल्छ । पुरानो रेजरलाई प्रयोग गरिरहँदा छाला पातलो हुन सक्छ जसले गर्दा घाउहरू पनि बन्न सक्छ । किनकि, रेजरले राम्रोसँग काम नगर्दा हामी त्यसलाई छालामा घोटेर प्रयोग गर्छौं जसले गर्दा छालामा असर पुग्छ ।

पुरानो रेजरको प्रयोगले छाला धेरै घोटिन्छ । जसले गर्दा रातो दागहरू आउने तथा सानो घाउहरू हुन्छ साथै छाला चिलाउने समस्या पनि देखिन सक्छ ।

यदि, तपाईंको छाला सुख्खा भयो भने पुरानो रेजर प्रयोग गर्नबाट बच्नुपर्छ । किनकि, त्यसले छाला काटिने तथा झनै सुख्खा हुन सक्छ । तपाईंले एउटा रेजरलाई कम्तीमा ६ देखि ७ पटक प्रयोग गरेपछि फाल्नुपर्छ ।

यदि, एकदमै दह्रो रौं निकाल्न प्रयोग गर्नुभएको छ भने अझै छोटो समयमा पनि रेजर बिग्रन सक्छ ।

यस्तै, तपाईंले रेजरको ब्लेडलाई हरेकपटक परिवर्तन गर्नुभयो भने छालाको संक्रमण हुने खतराबाट जोगिन सक्नुहुन्छ ।

तपाईं छालासम्बन्धी समस्याहरूबाट जोगिनका लागि सधैं गुणस्तरीय खालको रेजरको नै प्रयोग गर्नुहोस् ।

अर्को सधैं ख्याल गर्नुपर्ने कुरा रेजर भुलेर पनि कसैलाई प्रयोग गर्न नदिनुहोस् । परिवारकै सदस्यबीच पनि रेजर, ब्रस जस्ता सामग्री एक-अर्काको प्रयोग गर्नुहुँदैन ।