पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो

पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो

काठमाडौं ।​ एसिया कप क्रिकेटको सुपर फोरमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेको छ। पाकिस्तानको लाहोरमा बुधबार भएको​ खेलमा​ घरेलु टोलीले बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो।​

बंगलादेशले दिएको १ सय ९४ रनको लक्ष्य पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो।  पाकिस्तानका लागि  इमाम उल हकले ७८, मोहम्मद रिजवानले नटआउट ६३, फाखर जामनले २० र कप्तान बाबर आजम १७ रन बनाए।

बंगलादेशका तास्किन अहमेद, सोरीफुल इस्लाम र मेहदी हसन मिराजले समान १र१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरको बंगलादेशले ३८ ओभर ४ बलमा १ सय ९३ रन बनाउँदा अलआउट भएको थियो। बंगलादेशका लागि मुशफिकर रहिमले ६४ र शाकिब अल हसनले ५३ रन बनाए।

पाकिस्तानका हरिस रौफले ४ र नशीम शाहले ३ तथा साहिन शाह अफ्रिदी, फाहिम असरफ र इफ्तिखार अहमदले समान १/१ विकेट लिए।