कुन ब्लड ग्रुप भएकाले के खाने ?

कुन ब्लड ग्रुप भएकाले के खाने ?

एजेन्सी । जसरी हाम्रो शरीरको बनावट फरक हुन्छ । त्यसैगरी सबैको ब्लड ग्रुप पनि फरक हुन्छ । केही अध्ययनहरुका अनुसार निश्चित रक्त समूह भएका व्यक्तिहरूमा विशेष गुणहरू हुन्छन्।

रगत चार प्रकारका हुन्छन् ए, बी,एबी र ओ । तर के तपाइलाई थाहा छ ? जसरी व्यक्तिको रगत फरक फरक हुन्छ । त्यसरी नै हरेक ब्लड ग्रुप भएका व्यक्तिको डाइट पनि फरक फरक हुनुपर्छ ।

 जानौं  ब्लड ग्रुप अनुसारको आहार 

‘ओ’ ब्लड ग्रुप

‘ओ’ ब्लड ग्रुप भएका व्यक्तिले आफ्नो आहारमा हरियो सागसब्जी, अर्गानिक, मासु, माछा, प्याज, हरियो तरकारी, मेवा, भूँइकटहर, ब्लुबेरी, चेरी जस्ता चीजहरू समावेश गर्नुपर्छ । योसँगै यो ब्लड भएको व्यक्तिले मकै, गहुँ, गाईको दूध तथा अन्य डेरी उत्पादनहरुबाट भने टाढै रहनु पर्छ । यी खानाले ओ ब्लड गु्रप भएका व्यक्तिलाइ फाइदा गर्दैन् ।

‘ए’ ब्लड ग्रुप

यदि तपाईको ब्लड ग्रुप ‘ए’ पोजेटिभ वा नेगेटिभ छ भने तपाईले आफ्नो खानामा सोयाबिन, चिसो पानी, माछा, फ्ल्याक्स सीड, जैतुनको तेल, एभोकाडो, मेवा, ग्रिन टी, काक्रो आदिको खानु लाभदायिक मानिन्छ । त्यस्तै, यो ग्रप भएका व्यक्तिले रातो मासु, दुधजन्य पदार्थ, मकै, बदामको तेल, क्यापसिकम, भ्यान्टा, टमाटर जस्ताखानेकुराको कम प्रयोग गर्नुपर्छ । यी खाना तपाईको लागि गुणस्तर मानिदैन् ।

‘बी’ ब्लड ग्रुप

यदि तपाईको पनि ब्लड ग्रुप ‘बी’ छ भने तपाईले आफ्नो खानामा माछा, दही, प्याज, अदुवा, ब्रोकाउली र ग्रीन टी खानसक्नुहुन्छ । यो ब्लड भएकाहरुले कुखुराको मासु,मकै, सुर्यमुखीको तेल, प्रशोधित चिनीको उपयोग कम गर्नुपर्छ । यी खानेकुरा ‘बी’ ब्लड ग्रुप हुनेलाई फाइदाजनक हुँदैन् ।

‘एबी’ ब्लड ग्रुप

यो ब्लड ग्रुप भएकाहरुले जैतुनको तेल, माछा, टमाटर, ब्लुबेरी, ग्रीन टी, कागती, फ्याक्ससीडहरुको सेवनमा जोड दिनुपर्छ । यी खानेुकरा ‘एबी’ ब्लड भएका व्यक्तिलाई गुणकारी मानिन्छ भने यो ब्लड भएकाहरुले कुखुरा, मकै वा मकैका उत्पादनहरु, केरा, केलेजो तथा तेलको सेवन सिमित मात्रामा गर्नुपर्छ ।