धनगढीको गोल मार्केटमा हाब्रे ईन्टरनेशनल सञ्चालनमा, के-के पाईन्छ ?

धनगढीको गोल मार्केटमा हाब्रे ईन्टरनेशनल सञ्चालनमा, के-के पाईन्छ ?

धनगढी । धनगढीमा हाब्रे ईन्टरनेशनल प्रा.ली औपचारिक रूपमा सञ्चालनमा आएको छ । धनगढी उप-महानगरपालिका वडा. नं. ४ स्थित गोल मार्केटमा रहेको हाब्रे ईन्टरनेशनल प्रा.ली. बुधवार देखी औपचारिक रूपमा सञ्चालनमा आएको हो। 

करिब १ करोडको लगानीमा सञ्चालनमा आएको हाब्रे ईन्टरनेशनल प्रा.लि. ले महिला, पुरुष र बच्चाहरूका भित्री लुगाहरू (ब्रा, पेन्टी र मोजा) सुपथ मूल्यमा अर्थात् बजार मूल्य भन्दा २० प्रतिशत सस्तो मूल्यमा थोक बिक्री गर्ने र उल्लेखित समानहरू चिन तथा भारत बाट सिधा धनगढी आयात गरिने भएको हुनाले यहाँ काठमाडौँको भन्दा पनि सस्तो पर्ने सञ्चालक नवीन पनेरुले जानकारी दिए । 

विशेष गरी युवाहरू बिदेसिने बढ्दो क्रमलाई मध्यनजर गर्दै स्वदेशमै स्वरोजगार सृजना गर्दै बिदेसिने होडमा रहेकाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भनी ऊर्जा प्रदान गर्ने हेतुले व्यवसाय सुरु गरेको पनेरुले भनाई थियो । 

यस्तै, आगामी दिनहरूमा बजारको आवश्यकतालाई मध्यनजर गर्दै शाखा बिस्तार सङै अन्य घरायसी सरसामानहरूको पनि आयात गर्दै ग्राहक वर्गहरूको सुलभ सेवामा सदैव समर्पित रहने बताएका छन्।