हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारी कट्वालले धकेल्दा लडेर घाइते भएका थिए । 

गम्भीर घाइते अधिकारीलाई उपचारको लागि अस्पताल ल्याइएकोमा अस्पताल पुर्याउना साथ अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए । 

घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बुधबार साँझ पक्राउ परेका वृद्ध कटवाल प्रहरी हिरासतमा छन् ।