पानीपुरी खाँदै हुनुहुन्छ ? स्वादिलो तर हानिकारक !

पानीपुरी खाँदै हुनुहुन्छ ?  स्वादिलो तर हानिकारक !

एजेन्सी । कतिपय युवायुवतीलाई पानीपुरी खान एकदमै मन पर्छ । यसलाई गोलगप्पा, बतासा, फुल्की आदि नामले पनि चिनिन्छ । पानीपुरी खाँदा स्वास्थ्यलाई नोक्सान पनि हुन सक्छ ।

संक्रमण

प्रायः पानीपुरी खुला ठाउँमा, धूलो भएको बाटोको छेउमा पाइने गर्छ । पानीपुरी बनाउने बेला सरसफाईको ध्यान नराख्दा फुड प्वाइजनिंग हुने सम्भावना बढ्छ । त्यसैले घरमा बनाएको पानीपुरी खानु नै स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

सोडियम

पानीपुरीमा नुनको मात्रा धेरै पाइन्छ किनकि, यो अमिलो पिरो नुनिलो नै यसको विशेषता हो । त्यसैले यसको धेरै सेवन गरिराख्दा उच्च रक्तचाप तथा मुटुसम्बन्धी रोगहरू हुने खतरा बढेर जान्छ । त्यसैले सीमित मात्रामै यसको सेवन गर्नुपर्दछ ।

मोटोपन

पानीपुरीलाई पूर्ण रुपमा तेलमा तारिएको हुन्छ जसले गर्दा त्यसमा अत्यधिक क्यालोरी हुन्छ । खाँदा धेरै नखाएको जस्तो लागे पनि यसमा धेरै क्यालोरी हुने भएकाले तपाईंमा मोटोपन आउन सक्छ । त्यसैले यदी तौल कम गरिरहनुभएको छ भने पानीपुरी नखानुहोस् ।

पखाला

दैनिक मात्रामा पानीपुरीको सेवन गर्दा पेटसँग जोडिएका समस्या हुन सक्छन् । खासगरी बजारको पानीपुरी धेरै खाने गर्दा पखालाको समस्या पनि हुन सक्छ ।

आन्द्रा सुन्निने

पानीपुरी अत्यधिक सेवन गर्दा तपाईंको आन्द्राहरूमा असर गर्न पनि सक्छ । त्यसैले सीमित मात्रामा सरसफाई गरेर बनाइएको पानीपुरी मात्र सेवन गर्नुहोस् ।

रक्तचाप

यदि, तपाईंलाई अत्यधिक रक्तचापको समस्या छ भने पानीपुरी धेरै सेवन नगर्नुहोस् । पानीपुरीमा धेरै नुन, मसला, पिरो आदि हुने भएकाले यसले उच्च रक्तचाप भएका बिरामीहरूलाई झनै असर गर्न सक्छ ।