लम्की बहुमुखि क्याम्पसका प्राध्यापकको अन्दोलन

लम्की बहुमुखि क्याम्पसका प्राध्यापकको अन्दोलन

धनगढी । पेशागत सुरक्षा र हकहितका बिभिन्न माग राख्दै लम्की बहुमुखि क्याम्पसका प्राध्यापक र कर्मचारीले हात कालो पट्टी बाँधेर मंगलबार सांकेतिक विरोध जनाएका छन । 

क्याम्पसमा प्राध्यापनरत सहायक प्राध्यापकहरुले पेसागत हक हितका साथै आफुहरुको बढुवा र स्थाई प्रक्रिया लगायतका बिभिन्न माग राख्दै क्याम्पस प्रशासन र सञ्चालक समितिमा जानकारी गराउदा समेत बेवास्ता गरेको भन्दै आन्दोलीत भएको मोहनबहादुर खत्रीले जनाएका छन ।

आफुहरुले पटक पटक बढुवा तथा स्थायी प्रक्रियाका सम्बन्धमा क्याम्पस प्रशासन , प्राध्यापक संघ, कर्मचारी संघ, सञ्चालक समितिमा पहल गरिदिन मौखिक र लिखित आग्रह गर्दा पनि कुनै किसिमको सुनुवाई नभएको हुँदा क्यापस प्रशासनलाई भदौ २१ गते आन्दोलनका कार्यक्रम जानकारी गराए बमोजिम मंगलबार कालो पट्टी बाँधेर सांकेतिक विरोध कार्यक्रम गरेको भिमसिह भाटले बताए ।

आफुहरुले लामो समय देखि क्याम्पसमा अध्यापन राउदा समेत आफुहरुको कामको क्याम्पसले अवमुल्यन गरेको भन्दै प्राध्यापक जनक बहादुर विष्ट, लोक प्रसाद खनाल, भीम सिंह भाट, जगत प्रसाद तिमिल्सेना, सुकदेव काफ्ले, श्याम बहादुर चन्द, सुष्मा सोनार, मोहन वहादुर खत्री लगायतका आन्दोलित भएका हुन ।