दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ११ रनले हरायो

दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ११ रनले हरायो

एजेन्सी। तेस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ११ रनले हराएको छ ।

पोचमा घरेलु टोली दक्षिण अफ्रिकाले दिएको ३ सय ३९ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया ३४ ओभर ३ बलमा २ सय २७ रनमा अलआउट भयो ।

उसका डेविड वार्नरले सर्वाधिक ७८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका जिरार्ड कोट्जीले चार तथा तब्रिज शाम्सी र केशव महाराजले दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ३ सय ३८ रन बनाएको थियो । उसका लागि एडिएन मार्करमले १ सय २ र क्विन्टन डिककले ८२ रन बनाए । पाँच खेलको शृङ्खलामा अष्ट्रेलिया २/१ ले अघि रहेको छ ।