त्रिचन्द्र बहुमुखी क्याम्पसले पायो पहिलो महिला चिफ

त्रिचन्द्र बहुमुखी क्याम्पसले पायो पहिलो महिला चिफ

काठमाडौं । नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र बहुमुखी क्याम्पसले पहिलो महिला प्रमुख पाएको छ ।

सो क्याम्पसको ३३औँ प्रमुखमा प्राडा नीलम श्रेष्ठ नियुक्त भएकी हुन् ।

२०३७ सालमा त्रिचन्द्र क्याम्पसमा आइएससी र त्यसपछि बिएससी अध्ययन गरेकी डा। श्रेष्ठले एमएससी अध्ययन र विद्यावारिधि उपाधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गरेकी हुन् ।

उनले २०४६ सालबाट त्रिचन्द्र कलेजमै भौतिकशास्त्र विषयको अध्यापन सुरु गरेकी थिइन् ।