कसरत नगरीकनै तौल कम हुन्छ, गर्नुस् यी ६ काम

कसरत नगरीकनै तौल कम हुन्छ, गर्नुस् यी ६ काम

एजेन्सी । तौल घटाउनका लागि हामी कैयौं उपायहरु अपनाइरहेका छौं । तर यसको सही तरिका अपनाउनु अत्यन्त जरुरी हुन्छ । हिजोआज तौल बढ्नु भनेको आम समस्या भइसकेको छ । वरिष्ठ डाईटिशियनले दिएको सल्लाह अनुसार ३० दिनमै कुनै कसरत नगरी पनि तौल घटाउन सकिन्छ । तर केही कुराहरुको पालना गर्नुपर्ने हुन्छ ।

हतार नगर्ने
कुनै पनि प्रकारको ह्याकबाट तपाईंले छिट्टै तौल कम गर्न त सकिएला तर यो स्वास्थ्यका लागि सही हुँदैन । यसका लागि प्राकृतिक तरिका अपाउनु नै सबैभन्दा स्वस्थकर हुन्छ ।

खाना
तौल कम गर्नका लागि सबैभन्दा जरुरी कुरा खानपान हो । यसका लागि तपाईं ३० दिन मात्र घरमै बनेको स्वस्थ खानेकुरा खानुहोस् । बाहिरको जंक फूड, मैदा र चिनी जस्ता चिजसँग दुरी बनाउनुहोस् ।

फलफूल
फूलफूलमा शरीरलाई आवश्यक फाइबर र भिटामिनहरु पाइन्छन् । तपाईं आफ्नो बिहानको नास्ता तथा दिउँसो साँझमा लागेको हल्का भोकमा चिया र टोस्ट खानुको सट्टा फलफूल खानुहोस् । यो तौल कम गर्न एकदमै सहयोगी हुनेछ ।

निद्रा
शरीरलाई हरेक हिसाबले सन्तुलित बनाइराख्नका लागि आवश्यक निद्रा लिनु पर्छ । निद्राको कमी वा गडबडी भएमा शरीरमा हर्मोनल असन्तुलन हुन थाल्छ । यसले पाचनप्रक्रियामा पनि असर गर्छ । त्यसैले पर्याप्त निद्रा लिनु एकदमै जरुरी हुन्छ ।

रातको खाना
समयमा डिनर वा रातको खाना लिनु पनि तौल कम गर्ने राम्रो उपाय हो । यदी तपाईं डिनर र सुत्ने समयको बीच अन्तर राख्नुहुन्न भने खाना राम्रोसँग पाचन हुँदैन । जसले मोटोपनको समस्या हुन थाल्छ ।

डिटक्स पानी
शरीरलाई डिटक्स गर्न पनि एकदमै महत्वपूर्ण हुन्छ । तौल कम गर्नका लागि शरीरमा भएको टक्सिन यानिकी खराब तत्वलाई बाहिर निकाल्न जरुरी हुन्छ । यसका लागि तपाईं डिटक्स वाटर बनाएर पिउन सक्नुहुन्छ । साथमा धेरै भन्दा धेरै पानी पिउनुहोस् ।

शारीरिक क्रियाकलाप

तौल कम गर्नका लागि शारीरिक क्रियाकलाप पनि एकदमै जरुरी छ । जसरी कुनै कसरत नगरी तौल घटाउने कुरा भइरहेको छ तर पनि तपाईं अन्य काममा पनि शारीरिक रुपमा सक्रिय भने हुनुपर्दछ । घरमै सामान्य योग गर्न पनि सकिन्छ । वा कसरत गर्न मन नभए नाँच्नुहोस् । घरमा सरसफाई गर्नुहोस् । यसरी तपाईं शारीरिक रुपमा सक्रिय रहिरहन सक्नुहुन्छ ।