शिक्षकहरूले प्रस्तावित शिक्षा विधेयक जलाए

शिक्षकहरूले प्रस्तावित शिक्षा विधेयक जलाए

धनगढी । कैलालीमा शिक्षकहरूले प्रस्तावित शिक्षा विधेयक जलाएका छन् । विधेयक शिक्षकको हकहित भन्दा पनि शैक्षिक माफियाको पक्षमा भएको भन्दै शुक्रबार शिक्षकहरूले विधेयक जलाएका हुन् । उनीहरुले विरोध प्रदर्शन समेत गरेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय धनगढीको प्राङ्गणमै विधेयक जलाइएको नेपाल राहत शिक्षक समिति कैलालीका अध्यक्ष सागर जोशीले बताए । विधेयक शिक्षक, कर्मचारीको हित विपरित भएको उनको भनाइ छ । यो सांकेतिक आन्दोलन मात्रै भएको बताउँदै उनले असोज ३ गतेबाट आन्दोलन चर्काउने चेतावनी समेत दिए ।

२० वर्ष सम्म आफुमा भएको शक्ति विद्यालयमा खर्च गरेकोल अहिलेको बिधेयकले राहत शिक्षकलाई उपेक्षा गरेको उनको भनाई छ ।बाल विकास, विद्यालय कर्मचारी, राहत, अनुदान साविक उच्च मावि स्थायी सबै शिक्षकविरोध विधेयक खारेजीका लागि सडक आन्दोलनको विकल्प नभएको नेपाल राहत शिक्षक केन्दीय कमीटी सचिव कृष्णराज ओझाले बताए ।