सुन तस्करी प्रकरणः २९ जनाविरुद्ध मुद्दा दायर, साढे ३ अर्ब रुपैयाँ बिगो कायम

सुन तस्करी प्रकरणः २९ जनाविरुद्ध मुद्दा दायर, साढे ३ अर्ब रुपैयाँ बिगो कायम

काठमाण्डौ । झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो ।

सुन तस्करी प्रकरणमा ५० जना संलग्न रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को निष्कर्ष थियो । प्रतिवादी बनाइएका २९ मध्ये २६ जना प्रहरी हिरासतमा छन् भने तीन जना फरार छन् । यसअघि ३२ जना पक्राउ परेका थिए । पक्राउ परेकामध्ये छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस गरेको थियो ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको स्कुटरको ुब्रेक शुु राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यही ुब्रेक शुु भित्र ६० किलो सात सय १६ ग्राम बरामद भएको हो ।

प्रहरीले आरोपीमाथि बरामद भएको बाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको छ । आरोप पत्रअनुसार उनीहरूले तीन सय ६२ किलो सात सय ७८ ग्राम सुन तस्करी गरेका छन् । सबै आरोपीमाथि सुन तस्करी गरेकोमा तीन अर्ब ५० करोड दुई लाख रुपैयाँ, ुब्रेक प्याडु को भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो तीन अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेस भएको अभियोग पत्रमा उल्लेख छ ।