बजारमा ‘होनर’ का दुई नयाँ मोडल

बजारमा ‘होनर’ का दुई नयाँ मोडल

धनगढी । ‘होनर’ ब्राण्डको मोबाइलले थप दुई मोडल बजारमा ल्याएको छ । ९ अगस्टमा होनरको ९० श्रृखला, ९० र ९० लाइट बजारमा ल्याएकोमा १५ सेप्टेम्बरदेखि थप दुई मोडल बजारमा ल्याएको हो ।

होनरले ‘एक्स फाइज प्लस’ र ‘एक्स सिक्स ए’ हल्का र स्टाइलिस मोडल बजारमा ल्याएको जनाएको छ । १५ अगस्टमा नेपाली बजारमा ल्याएको सो मोडलका मोबाइल धनगढीमा पनि छिट्टै विक्री वितरण हुने जनाइएको छ । धनगढीमा सो ब्राण्डको विक्री वितरण केदार मोबाइल हाउसले गरिरहेको छ ।

होनरले ‘एक्स फाइज प्लस’ चार जिवी र्याम र ६४ जिवि अन्तरनिर्मित भण्डारणसंगै सुसज्जित छ भने ५० एमपि मुख्य क्यामरा, दुई एमपी डेप्थ र पाँच एमपी फ्रन्ट क्यामरा रहेको छ । जसको मूल्य १५ हजार चार सय ९० रहेको छ ।

‘एक्स सिक्स ए’ चार जिवि र्याम र एक सय २८ अन्तरनिर्मित भण्डार रहेको छ । यो मोडलको मूल्य १७ हजार चार सय ९० रहेको कम्पनिले जनाएको छ ।

होनर ब्राण्डका मोबाइले केही महिनाअघिदेखि सुदूरपश्चिममा विक्री वितरण शुरु गरिएको  थियो ।