धनगढी । धनगढीमा श्री गणेश चतुर्थी महोत्सव आयोजना हुने भएको छ । पुजा समितिले विगत झै यस बर्ष पनि श्री गणेश चतुर्थी महोत्सव २०८० आयोजना गर्ने भएको हो । आयोजकका अनुसार महोत्सव असोज २ गते देखि ८ गते सम्म चल्ने जानकारी दिए ।
धनगढी उप महानगरपालिका वडा नम्बरं। १ स्थित नैनादेवी मन्दिरमा हुने कार्यक्रममा आरती दैनिक विहान विहान ७ः१५ देखि ८ बजे सम्म, साँझको आरती ७ः१५ देखि ७ः३० सम्म र भजन किर्तन दैनिक ७ः३० देखि १२ बजे सम्म हुने आयोजक समितिका सचिब मुकेश ठाकुरले जानकारी दिए ।
उक्त श्री गणेश चतुर्थी महोत्सव २०८०को समापन असोज ८ गते दिउसो १२ः३० बजे श्री गणेशजीको मुर्ति धनगढी भन्सार मोहना नदिमा विसर्जन गर्दै सम्पन्न गरिने कार्यक्रम रहेको उपाध्यक्ष ज्ञानेन्द्र गुप्ताले जानकारी गराए ।